चीनमा क्रिसमस मनाउन प्रतिबन्ध
एजेन्सी। चीनका चारवटा सहर र एक काउन्टीमा अधिकारीहरुले क्रिसमस मनाउन प्रतिबन्ध लगाएका छन् ।
अधिकारीहरुले सर्वसाधारणलाई क्रिसमस नमनाउन र पसलेलाई क्रिसमस सम्बन्धि सामाग्री बिक्री वितरण नगर्न समेत निर्देशन दिएका छन।
क्रिसमसलाई राष्ट्रपति सी चीनफिङको धर्म र विदेशी संस्कृतिविरुद्ध लडाइ अभियानको रुपमा हेरिएको छ। दक्षिण पश्चिमी सहर नान्याङ र राजधानी बेइजिङ नजिकैको करिब ४० लाख जनसंख्या भएको सहर लाङफाङमा क्रिसमसका सामान बेच्ने पसलहरुबाट सामान हटाउन लगाइएको छ।
कतिपय विश्वविद्यालयमा विद्यार्थीहरुलाई क्रिसमस नमाउने आचारसंहितामा हस्ताक्षर गराइएको पनि जनाइएको छ । केन्द्र सरकारले क्रिसमस नमनाउने विषयमा औपचारिक निर्देशन नदिएपनि चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय कमिटीहरुमार्फत् कडा निर्देशन जारी गराइएको बताइएको छ ।
चीन क्रिसमस प्रतिबन्ध