News

चिसो बढेसँगै हुम्लाका सरकारी कार्यालय प्रमुखविहीन

चिसो बढेसँगै हुम्लाका सरकारी कार्यालय प्रमुखविहीन

हुम्ला। हुम्लामा अत्यधिक चिसो बढेपछि जिल्लाका सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । जिल्लाका ३२ वटा सरकारी कार्यालयमध्ये हिउँद लागेसँगै २० वटा सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् ।    
    
 चिसो छल्न पुस महिनाको पहिलो सातामै कार्यालयका प्रमुखले जिल्ला छोड्न थालेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् । जिल्लाको नियमनकारी निकायको प्रमुख मानिने जिल्ला प्रशासन कार्यालयसमेत प्रमुखविहीन बनेको छ ।

दैनिकजसो नागरिकता, भिसा बनाउन जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीडभाड हुने भएता पनि प्रमुख जिल्ला अधिकारी नहुँदा समस्या भएको छ ।मङ्सिर अन्तिम सातामा भारी हिमपात भएपछि चिसो बढ्दै गएपछि सरकारी कार्यालयहरुका प्रमुख जिल्ला बाहिर जान थालेपछि सेवा प्रभावित भएको छ ।    

चिसो

विशेष