News

आज डिसेम्बर २५ ,क्रिसमस डे: विविध कार्यक्रम गरि मनाइदै

आज डिसेम्बर २५ ,क्रिसमस डे: विविध कार्यक्रम गरि मनाइदै

काठमाडौँ। इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिसमस डे (डिसेम्बर २५) आज विविध कार्यक्रम गरि मनाईदै छ।

'क्रिसमस डे' का अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिएको छ । इशाई धर्मका संस्थापक येशू ख्रीष्टकाे जन्मजयन्तीका अवसरमा क्रिसमस मनाउने गरिन्छ ।

क्रिसमसका अवसरमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरी हर्षाेल्लासका साथ मनाउने गरिन्छ । नेपालमा इसाई धर्मको इतिहास चार सय वर्षभन्दा पुरानो रहेको र अहिले नेपालमा १२ हजार ५ सय चर्च रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ ।

काठमाण्डाैकाे ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायतका स्थानमा आज विशेष कार्यक्रम गरि मनाइन्छ।येशूको जन्म आजभन्दा दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट भएको मानिन्छ ।

येशूले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत चलाइएको विश्वास गरिन्छ ।

क्रिसमस डे

विशेष