प्रधानमन्त्री ओलीद्वारा 'क्रिसमस डे' को शुभकामना

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले इसाई धर्मावलम्वीहरुको महान पर्व क्रिसमसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना संदेश दिएका छन।
उनले बहुभाषिक तथा बहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको स्मरण गराएका छन।
“सनातनकालदेखि बहुसङ्ख्यक नेपालीले आस्था प्रकट गर्दै आएको धर्मका अतिरिक्त नेपालमा अन्य धर्म अवलम्बन गर्नेहरूले आ–आफ्नो आस्था अनुसारका धर्मकर्म र रीतिरिवाज अभ्यास गर्ने स्वतन्त्रतासमेत सुनिश्चित गरिएको छ,” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री ओली शुभकामान संदेश