News

आजको मौसम: तराईमा हुस्सु र कुहिरो, हिमपात र पानी पर्ने सम्भावना छैन

आजको मौसम: तराईमा हुस्सु र कुहिरो, हिमपात र पानी पर्ने सम्भावना छैन

काठमाडौँ । अहिले देशका धेरै ठाउँको मौसम बदली भइ तराईमा हुस्सु र कुहिरो लागेको छ ।

केही दिनयता तराईका क्षेत्रमा बिहानको समयमा लगातार कुहिरो लाग्दै आएकोमा आज भने पोखरा आसपासको क्षेत्रमा पनि बाक्लो कुहिरो लागेको मौसमविद् सजिना शाक्यले जनाएका छन। 

केही ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली रहनेछ । नेपालमा कुनै पनि नयाँ प्रणाली नदेखिएकाले अबको एक दुई दिन पानी पर्ने वा हिमपात हुने सम्भावना नभएको उनले बताए।  

काठमाण्डाैकाे बुधबार बिहानको तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यसअघि गएकाे साेमबार पनि काठमाण्डाैको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको थियो । 

मौसम

विशेष