सेनाका यौन दुराचारी सोत्तर

सेनाका यौन दुराचारी सोत्तर

आफ्नै साथीको छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागिरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना इटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी आफू मातहतकी जमदार संवेदनशील अंग मुसारेको अभियोगमा बर्खास्त भएका छन् । त्यस्तै मेकानिकल इन्जिनीयरिङतर्फ धनगढीमा कार्यरत एकजना मेजरले सेनाभित्रकै एकल महिलासंग फेसबुकमा नांगिने क्रममा उनकी छोरीको उजुरीका कारण घटुवामा परेपछि राजीनामा दिएका छन् ।

सैनिक हस्पिटल छाउनीमा कुमाल थरकी महिला सिपाहीसंग शारीरिक सम्पर्क राख्ने जमदार उत्सव महरासहित दुई जनाको पनि जागिर जानुका साथै ३, ३ महिनालाई जेल चलान गरिएको छ । सेनामा प्लेब्वाई उपनामले चर्चित महासेनानी दीप सिंहले भने भर्खरै राजीनामा दिएका छन् । अझै तीन वर्ष सेवा अवधि बाँकी छँदै किन राजीनामा दिए होलान ? बुझ्न कठिन छैन । 

यसैबीच पूर्वसेनापति रुक्मांगद् कट्वालको छोरा प्रमुख सेनानी सुमांगत कट्वालको शैक्षिक प्रमाणपत्रमा खोट देखिएर जागिर गएपछि इण्डियाबाट सर्टिफिकेट ओसार्ने अन्य अधिकृतलाई पनि खतराको घण्टी बजेको छ । यसै सिलसिलामा प्रमुख सेनानी अमरसिंह थापा र सुजित खडकाको जागिर जाने पक्का भएको चर्चा छ । जमाना कहाँबाट कहाँ पुगिसक्यो, नेपाली सेनामा चाहिँ बल्ल आफ्ना मेसमा दाउराको चुलो र स्टोभ हटाउने निर्णयमा पुगेको छ । माघ १ गतेदेखि सेनाको भान्सालाई मटितेल र दाउरामुक्त अनि ग्यासबाट चल्ने बनाउन लागिएको हो । संगै जवानदेखि उच्ततहका हाकिमसम्मले अनुभूति गर्ने गरी शाकाहारी र मांशाहारीको राशन स्केल हेरफेर गरिँदैछ । 

सैनिक कर्मचारीको स्वास्थ्य सेवालाई विकेन्द्रित गर्ने गरी आउने शिवरात्री (सेना दिवस) भित्र इटहरी, पोखरा र नेपालगञ्जमा सैनिक अस्पतालको सेवा शुरुवात गर्ने तयारीमा जंगी अड्डा जुटेको छ । त्यसका लागि निरीक्षणधिकृत अशोक सिग्देल र तीनतारे जर्नेल शरद गिरीहरु गत साता रातारात उपत्यका बाहिर निस्किएका छन् । जनआस्था साप्ताहिकबाट साभार ।
 

महासेनानी सैनिक

संम्बधित खबर

विशेष