आज जुम्लापछि सबैभन्दा जाडो काठमाडौँमा, न्यूनतम तापक्रम २.९ डिग्री
काठमाडौँ। काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा न्यूनतम तापक्रम मापन गरिएको छ । मौसम विज्ञान विभागले बुधबार बिहान गरेको मापनमा यो जुम्लापछिकै सबैभन्दा कम तापक्रम हो ।
बुधबार बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री हुँदा सोही समयमा जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार बिहान ५ः४५ मा काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियस थियो । त्यसको केही समयपछि बिहान ८ः४५ मा मापन गर्दा अझै घटेर २.९डिग्री सेल्सियसमा झरेको हो ।
यो काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको सबैभन्दा कम तापक्रम हो । यसअघि मंगलबार पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो ।