विदेश

सुसाइड नोट लेखेर एक जोडीले गरे आत्महत्या, एउटै चितामा जलाउन आग्रह

सुसाइड नोट लेखेर एक जोडीले गरे आत्महत्या, एउटै चितामा जलाउन आग्रह

एजेन्सी ।  नयाँ दिल्लीस्थित बवानामा एउटै चितामा जलाउनु भन्दै सुसाइड नोट लेखेर एक प्रेम जोडीले आत्महत्या गरेका छन् ।

'समाज र परिवारले आफुहरुलाई एक हुन नदिएको भन्दै'  लेखिएको ‘सुसाइड नोट’ फेला परेको हो।  

प्रहरीका अनुसार, ती प्रेमिका नावालिग थिइन् । उनी आफ्नो माता–पिता र तीन बहिनीसँग रहँदै आएकी थिइन् । उनको २२ वर्षीय गोविन्द ‘गोलू’सँग प्रेम सम्बन्ध रहेको थियो । उनीहरूले भागेर कानूनी विहे गरेका थिए । 

के लेखिएको छ सुसाइड नोाटमा ? 

प्रहरीले उनीहरूबाट दुई/दुई पन्ना लामो सुसाइड नोट फेला पारेको छ । जसमा परिवार निर्दोष रहेको बताइएको छ । सुसाइड नोटमा किशोरीले परिवारलाई आफ्नो इज्जत प्यारो भएजस्तै आफूहरूलाई आफ्नो प्रेम प्यारो भएको लेखेकी छिन ।  उनीहरूको सुसाइड नोटमा आफूहरूको शबको अन्तिम संस्कार एकै चितामा गर्न अनुरोध गरेका थिए । 

आत्महत्या

विशेष