भरत दाहालकाे कडा बयान : सुवास नेम्वाङ सिआइएका पेशेवर एजेन्ट!
काठमाडाैँ – राजनीतिक विश्लेषक भरत दाहालले सत्तारुढ दल नेकपाका नेता सुवास नेम्वाङलाई सिआइएका पेशेवर एजेन्ट भएको बताएका छन्।
उनले सामाजिक संजाल मार्फत १२ बुँदे साम्राज्यवादी डिजाईन अब प्रत्यक्ष मुठभेडको तयारीमा जान लागेको उल्लेख गरेका छन्। एमसीसीका नाममा संविधान संशोधन र सैन्य घेराबन्दीको रणनीति हुने गरी तयारी भइरहेको बताए।एमसीसीको रणनीति पारित भयो भने नेपालको संविधानले काम गर्न सक्ने छैन। उक्त संझौता प्रस्तावले त्यससंग बाझिएका नेपालका कानूनहरु रद्द हुने प्रावधान राखेको उनले बताए।
उनले भने,‘पहिलो संविधानसभाबाट नै आफू अनुकूल संविधान बनाएर उपरोक्त सबै कामहरु सम्पन्न गर्ने साम्राज्यवादी योजना थियो तर नेपालभित्र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आएको उथलपुथलले यो काम हुन सकेन। त्यही अपूरो षडयन्त्रलाई पूरा गर्न ःऋऋ योजना आयो तर कृष्णबहादुर महराले यसलाई संसदमा रोकि दिएपछि महरा काण्ड भयो र सभामूखमा सुवास नेवाङलाई ल्याउने तयारी गरियो। नेवाङ सिआईएका पेशेवर एजेन्ट हुन्। केपी ओली र उनको वरिपरिको 'सिआईए'-'रअ' को गिरोहले झूठका सहारामा पारित गर्न खोजेको यो प्रस्तावले नेपालभित्र अन्तर्राष्ट्रिय शक्तिहरुको खुला मुठभेडलाई अवश्यंभावि बनाई दिएको मात्र छैन कि नेपालीहरुलाई २ कित्तामा विभाजित गरेर भौतिक संघर्षमा उत्रिन बाध्य पनि बनाउँदैछ।