सम्बन्धविच्छेदपछि रामकृष्णले लेखे, ‘हाम्रो सम्बन्ध कहिल्यै मर्दैन’

काठमाडौंः गायक रामकृष्ण ढकालले श्रीमती नीलम शाहबीच सम्बन्धविच्छेद भएको खबर सार्वजनिक भए लगत्तै आफ्नो सम्बन्ध कहिल्यै नमर्ने बताएका छन्। गायक ढकालले पत्नी नीलमसँग काठमाडौं जिल्ला अदालतमा पुगेर सम्बन्धविच्छेद गरेको खबर बाहिरिएलगत्तै यस्तो बताएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा श्रीमती निलमसँगको आफ्नो तस्बिर शेयर गर्दै ढकालले सम्बन्ध कहिल्यै नमर्ने बताएका हुन् । ढकाल दम्पत्तिको सम्बन्धविच्छेदको चर्चा सामाजिक सञ्जालमा भइरहेका बेला स्वयम् ढकालले फेसबुकमा पत्नीको तस्बिरसहित स्टाटस लेखेका हुन्।
काठमाडौं जिल्ला न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार दिउँसो ढकाल र शाहबीचको सम्बन्धविच्छेद गर्न सहमति दिएको थियो। जिल्ला अदालतका शाखा अधिकृत टीकासिंह खत्रीका अनुसार, ढकाल दम्पतीबीच अलगअलग बस्ने भनेर सहमति भए अनुरूप न्यायाधीश कोइरालाको इजलासले सम्बन्धविच्छेद गराइदिएको हो।
मुलुकी देवानी संहिता, २०७४ मा पति तथा पत्नी दुवैले चाहेमा जुनसुकै बेला पनि सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था छ।
सम्बन्धविच्छेद