News

पक्राउ परेका १ सय २२ चिनियाँलाई स्वदेश पठाउन अध्यागमन विभागको सहयोग खोज्दै प्रहरी

पक्राउ परेका १ सय २२ चिनियाँलाई स्वदेश पठाउन अध्यागमन विभागको सहयोग खोज्दै प्रहरी

काठमाडौ । नेपाल बसेर चीनमा साइबर तथा आर्थिक अपराधका घटना गराएको आशंकामा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले उनीहरूलाई स्वदेश पठाउन अध्यागमन विभागसँग बाटो खोज्ने तयारी गरेको छ ।

‘चार्ली फक्सर’ नाम दिइएको सो अपरेसनका क्रममा गत सोमबार राजधानीका विभिन्न स्थानबाट १ सय १४ पुरुष र आठ महिला गरी १ सय २२ जना पक्राउ परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले नेपालमा अपराध गरेको कुनै प्रमाण नभेटिएपछि प्रहरी उनीहरूमाथि कसरी कारबाही गर्ने भन्नेमा अन्योलमा पर्दै आएको छ ।

प्रहरीले उनीहरूलाई ‘टुरिस्ट भिसा’ दुरुपयोग गरेर नेपाल बसेको भन्दै स्वदेश पठाउनेबारे अध्यागमन विभागसँग सहकार्य गर्ने तयारी गरेको हो । उनीहरूलाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

 सोधपुछको क्रममा प्रहरीमाथि दुव्र्यवहार गरिएको भन्दै प्रहरीले उनीहरूलाई दुव्र्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको हो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन  । 

‘चार्ली फक्सर’

विशेष