कान्तिपथमा कालोपत्र गरिदै, सडक निर्माण आगामी वर्ष सम्पन्न हुने
काठमाडौँ। सङ्घीय राजधानी काठमाडौँ र प्रदेश ३ को राजधानी हेटौँडा जोड्ने छोटो सडकका रूपमा रहेको कान्ति लोकपथको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने भएको छ ।
कुल लम्बाइ ७९ किलोमिटरमध्ये अहिलेसम्म ४५ किलोमिटर कालोपत्रे भइसकेको र चालू आर्थिक वर्षभित्र थप २९ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको कान्ति लोकपथ सडक योजनाले जनाएको छ । सो सडक योजनाका अनुसार बाँकी रहेको पाँच किलोमिटरको कालोपत्रे तथा ‘रिटेनिङ वाल’ निर्माण लगायतका काम अर्को आर्थिक वर्षमा गरिने छ ।
आगामी आर्थिक वर्षमा कालोपत्रे गर्ने भनिएका पाँच किलोमिटरमध्ये अधिकांश ठाउँ भूगर्भिक दृष्टिकोणले अति नै कमजोर र पहिरोग्रस्त क्षेत्र रहेको हुनाले कालोपत्रे गर्न त्यति सहज नरहेको उहाँले स्पष्ट पार्नुभयो । यस वर्षको वर्षायाममा यस सडकको ३० ठाउँमा पहिरो गएको थियो । सो सडक योजनाका अनुसार ललितपुरको तीनपाने, नयाँ गाउँ, झाँक्रीडाँडा, हुपेली काल्चेभीर,। तामाखानीमा र मकवानपुरको प्रतापडाँडा, ढिङ्गान, मकवानपुरगढीमा प्रत्येक दुई÷तीन सय मिटरमा पहिरो गएको थियो ।
कान्ति लोकपथ सडक योजनाका प्रमुख विनोद सापकोटाले कुल ७९ किलोमिटरमध्ये अहिलेसम्म ४५ किलोमिटर कालोपत्रे भइसकेको र चालू आर्थिक वर्षभित्र थप २९ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको बताउँदै आगामी आर्थिक वर्षभित्र कालोपत्रे गर्नेसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरिने जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।
कान्तिपथ