News

माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु

माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु

लमजुङ ।  सुन्दरबजार नगरपालिका-६ नमुना टोलमा घरको पर्खाल लागि जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो खसेको ढिस्कोले पुरिँदा चितवन लोथरका २५ वर्षीय संगम चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।  माटोको ढिस्कोले पुरिएका ६ जनालाई सुन्दरबजारको कर्मदा अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा संगमको निधन भएको प्रहरीले बताएको छ।

घटनामा घाइते हुनेमा चितवनको राप्ती नगरपालिका-३ का बलबहादुर तामाङ, विष्णु चेपाङ, दीपक चेपाङ, सुरेश चेपाङ र दाङका ६० वर्षीय छविलाल राना रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रविन्द्रमान गुरुङले जनाएका छन ।  

घाइतेको प्रहरी र स्थानीयले उद्दार गरेका थिए। उद्दारमा डोजर प्रयोग गरिएको थियो। स्थानीय विष्णुकमार श्रेष्ठका अनुसार घरको वाल लगाउने कार्यमा १३ जना खटिएका थिए। ७ जना पहिले नै बाहिर निस्किएको र ६ जना पुरिन पुगेको उनले बताए।  

 

मृत्यु माटोको ढिस्को

विशेष