News

पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन

पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन

काठमाडौंः पूर्वसचिव शान्तबहादुर श्रेष्ठको ५९ वर्षका उमेरमा निधन भएको छ । निमोनियाको उपचारका क्रममा आज विहान ८ बजे त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा श्रेष्ठको निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

२०४९ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका श्रेष्ठले स्वास्थ्य सचिव, स्थानीय विकास सचिव र शिक्षा सचिवको रुपमा पाँच वर्ष काम गरेका थिए। श्रेष्ठलाई निमोनिया भएपछि नागरिक अस्पतामा भर्ना गरिएको र उनलाई हिजो मात्रै शिक्षण अस्पताल लगिएको प्रवक्ता श्रेष्ठले बताए।

सरकारी सेवामा रहँदा श्रेष्ठ इमानदार र कर्मनिष्ट कर्मचारीको रुपमा चिनिएका श्रेष्ठ बालकोट निवासी हुन्। उनका एक छोरा र तिन छोरी छन्।

शान्तबहादुर श्रेष्ठ

विशेष