News

कैलालीको धनगढीमा भेटियो अजिङ्गर

कैलालीको धनगढीमा भेटियो अजिङ्गर

कैलालीः जिल्लाको धनगढी उपमहानगपालिकामा अजिङ्गर भेटिएको छ । धनगढी उप–महानगरपालिका–४ को खानेपानी टोलमा अजिङ्गर भेटिएको हो । कैलाली खोलामा तटबन्धनका लागि जेसीबीले माटो खन्ने क्रममा अजिङ्गर भेटिएको हो ।

आधा शरिर जमिनमुनी र आधा शरिर बाहिर रहेको अवस्थामा अजिङ्गर देखिएको स्थानीयले बताएका छन् । अजिंङ्गर कति ठूलो छ भन्ने थाहा हुन सकेको छैन् । अजिङ्गरको उद्दारका लागि डिभिजन वन कार्यालयका कर्मचारी बोलाइएको छ ।

अजिङ्गर धनगढी उपमहानगरपालिका

विशेष