३७ उपसचिव सह-सचिवमा बढूवा सिफारिस (सूचीसहित)
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवाका ३७ उप सचिवलाई सह सचिव बढुवा सिफारिस गरेको छ । समितिको ९ पुसमा बसेको बैठकले कार्यक्षमता मूल्यांकनको आधारमा बढुवाका लागि सिफारिस गरेको हो ।
यसरी वढुवा सिफारिस हुनेहरुमा सुरेश प्रसाद नेपाल, भेष बहादुर कार्की, बैकुण्ठ निधि शर्मा, ध्रुव कुमार पोखरेल, भीमसेन तिमिल्सिना,शान्ता भट्टराई (अधिकारी), ध्रुव गैडा, कृष्णप्रसाद पराजुली, शैलजा रेग्मी, सरोजप्रसाद गुरागाँई, बाबुराजा श्रेष्ठ, राजिव पोखरेल, शिवादेवी दाहाल, शम्भु प्रसाद मरासिनी, दिपकराज नेपाल, पुयण् विक्रम पौडेल, केशव प्रुाद विमली, ज्ञान प्रसाद ढकाल लगायत छन् ।
यस्तै सूचना प्रविधि विज्ञमा अनिल कुमार दत्त बढुवा सिफारिसमा परेका छन् । रमेश प्रसाद पौडेल,भक्त बहादुर ढकाल र दामोदर गौतम पनि बढुवा सिफारिस भएका छन् ।