News

सिद्धबाबा प्रकरण: मुद्धा फिर्ता लिन दबाब दिएको अडियो रेकर्ड उनकै भएको पुष्टि

सिद्धबाबा प्रकरण: मुद्धा फिर्ता लिन दबाब दिएको अडियो रेकर्ड उनकै भएको पुष्टि

विराटनगर।  विवादास्पद धार्मिक गुरु कृष्णबहादुर गिरी 'सिद्धबाबा' ले आफ्नो नभएको भनेर दाबी गरेको अडियो रेकर्ड उनकै भएको पुष्टि भएको छ ।

काठमाडौं बसोबास गर्दै आएकी महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका सिद्धबाबाले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दबाब दिएका थिए । रुँदै मुद्दा फिर्ता लिन दबाब दिएको टेलिफोन संवाद पीडित महिलाले रेकर्ड गरेकी थिइन् ।

प्रहरीको विधि विज्ञान प्रयोगशालाले महिलाले रेकर्ड गरेको अडियो सिद्धबाबाकै भएको पुष्टि गरेको हो । अनुयायीमाथि करणी गरेको आरोप लागेका गिरीले करिब एक घण्टा २० मिनेट फोन गरी मुद्दा फिर्ता लिन भनेका थिए । फोन सम्पर्कमा मुद्दा फिर्ता लिए आफू लिङ्ग काट्न तयार रहेको बताएका गिरीले अडियो सार्वजनिकपछि रेकर्ड आफ्नो नभएको दाबी गरेका थिए ।

विराट नर्सिङहोम हिरासतमा आफुलाई फसाउने षडयन्त्र भएको र महिलालाई नचिनेको दाबी गरेका थिए । तर महिलाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपलब्ध गराएको रिपोर्ट प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा मिलेको हो ।  

 

सिद्धबाबा

विशेष