सूर्य ग्रहण छल्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ एकाविहानै सगरमाथाको फेदमा (फोटोफिचर)
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ एकाविहानै सगरमाथाको आधारशिविर पुगेका छन् । उनी उनकी स्वकीय सचिव सुसन कर्माचार्यसहित सगरमाथा आधारशिविर पुगेका हुन् ।
कर्माचार्यले आधारशिविर पुगेर सामाजिक सञ्जालमा तस्वीरहरु राखेर फिल्स लाइक हेभन भनेर स्ट्याटस लेखेकी छिन् ।
यसअघि पनि कर्माचार्यसहितको टोली रसुवाको गोसाइकुण्ड पुगेको थियो । त्यसबेला नेकपा वरिष्ठ नेता झलनाथ खनाल, नेता युवराज ज्ञवाली लगायत पनि थिए ।