News

बुटवलमा लाइसेन्स बेच्ने धन्दा : तत्कालीन प्रमुखसहित २ जनाविरुद्ध मुद्दा

बुटवलमा लाइसेन्स बेच्ने धन्दा : तत्कालीन प्रमुखसहित २ जनाविरुद्ध मुद्दा

काठमाडौं– पैसा लिएर सवारी चालक अनुमति पत्र (लाइसेन्स) ‘बिक्री’ गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय रुपन्देही, बुटवलका तत्कालीन प्रमुखसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष आनन्द केशरी पोखरेल र ट्रायल परीक्षा समितिका सदस्य तथा तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक ९इन्सपेक्टर० रवीन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार पोखरेल र श्रेष्ठले ट्रायल परीक्षामा फेल भएका ७१ जनालाई पास भएको भन्दै लाइसेन्स वितरण गरेका थिए ।अख्तियारले दुवै जनाविरुद्ध परीक्षामा फेल भएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिएको अभियोगमा मुद्दा दायर गरेको छ ।अख्तियारले दुवैजनाविरुद्ध १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानासहितको सजाय मागदाबी गरेको छ ।

विशेष