News

भन्सार छलेर राजधानी भित्र्याइँयो लाखौका सामान, दुई जना पक्राउ

भन्सार छलेर राजधानी भित्र्याइँयो लाखौका सामान, दुई जना पक्राउ

काठमाडाैँ – भन्सार छलेर राजधानीमा लाखौका सामान भित्र्याउने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– २५ गुह्यश्वरीका २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनीहरु ५५ लाख रुपैयाँ बराबरका विद्युतीय सामानसहित पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा विद्युतीय सामान भित्र्याएको आरोपमा बुधबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट प्रहरीले १५ लाख ७७ हजार नगद, एनएमबी बैंकको पाँच लाखको चेक, २३ थान आईप्याड, १८ थान आईफोन ११, नौ थान एप्पल वाच, वायरलेस एयरफोन ६ थान, सामसुङका १५ थान मोवाइललगायत सामान बरामद गरेको छ ।

 

 

विशेष