News

काठमाडौँलाई कुरुप बनाउने सबै सामग्री हटाईने

काठमाडौँलाई कुरुप बनाउने सबै सामग्री हटाईने

काठमाडौं । सरकारले राजधानी काठमाडौंलाई कुरूप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायत सामग्री हटाउने भएको छ । 

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायसहितको बैठकले काठमाडौं महानगरपालिकाको सौन्दर्यता कायम राख्न अव्यवस्थित रूपमा राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायत सामग्री हटाउने निर्णय गरेको हो ।

बैठकमा सुरक्षा निकायका प्रमुख, काठमाडौ महानगरका प्रमुख तथा काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सरोकारवाला निकायको संलग्नता थियो ।

सो बैठकमा काठमाडौंलाई सुुन्दर बनाउन महानगरपालिकाको संयोजकत्वमा सडक विभाग, सहरी विकास तथा भवन निर्माण विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधि र महानगरीय प्रहरी परिसर काठमाडौको सहभागिता रहने गरी चारवटा समूह बनाएर शुक्रबारदेखि ती सामग्री हटाउन सुरु गर्ने निर्णय भएको काठमाडौंका सीडीओ जनकराज दाहालले जानकारी दिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।  

कुरूप काठमाडौँ

विशेष