News

‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमः ९६ छोरीको बैंकमा खाता

‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमः ९६ छोरीको बैंकमा खाता

कैलालीः जिल्लाको टीकापुर नगरपालिकाले सुरु गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममार्फत टीकापुरका ९६ जना बालिकाको बैंक खाता खोलिएको छ । बालविवाह अन्त्य गर्ने उद्देश्यले कैलालीको नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमको सुरु गरेपछि साउनयता ९६ जना छोरीको बैंक खाता खोलिएको हो ।

नगरपालिकाले कार्यविधि बनाएर साउनदेखि यो कार्यक्रम लागू गरेपछि अभिभावकसमेत खुशी भएका छन् । नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ निर्माण गरेको छ ।

गएको साउन १७ गते बसेको नगरसभाले कार्यविधि स्वीकृत गरेपछि त्यहीअनुसार काम गरिरहेको नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल बताउँछन् । ‘बालविवाह न्यूनीकरणका साथै समाजमा छोरीको महत्व बुझाउन यो कार्यक्रम सहयोगी बन्नेछ’ नगर प्रमुख रावलले भने, ‘यहाँ अहिले पनि १७ प्रतिशत किशोरी आमाहरु छन्, बालविवाह गर्नेको सङ्ख्या त अझ बढी होला, त्यसकारण यो कार्यक्रम अघि सारेका हौँ ।’ 
 

बैंक खाता टीकापुर नगरपालिका हाम्री छोरी, प्यारी छोरी

विशेष