News

दुर्घटना बढेपछि गाडीको ‘हुट’ हटाइँदै

दुर्घटना बढेपछि गाडीको ‘हुट’ हटाइँदै

कावासोतीः अत्याधिक भारका कारण सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले नवलपरासीपूर्व नवलपुरको पहाडी क्षेत्रमा सञ्चालित सवारीको ‘हुट’ हटाउन थालेको छ ।  पहाडी क्षेत्रमा चल्ने गाडिमा जोखिमपूर्ण यात्रा गर्ने क्रम नरोकिएपछि प्रहरीले ‘हुट’ नै हटाएको हो । 

पहाडी क्षेत्रमा चल्ने सवारीले यात्रुसहित ‘हुट’मा गह्रुँगो सामान बोक्दा दुर्घटनाको जोखिम बढेकोले ‘हुट’हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपरासीपूर्वका प्रमुख मुनेन्द्र थापाले बताए ।

बस व्यवसायी र जिप व्यवसायी समितिलाई पत्राचार गरेर सवारीसाधनको न्यूनतम मापदण्ड कायम राख्न पत्राचार गरे पनि व्यवसायीले अटेरी गरेपछि ट्राफिक प्रहरी आफैँले ‘हुट’ हटाउने अभियान शुरु गरेको थापाको भनाइ छ ।  

सवारी दुर्घटना हुट

विशेष