News

धादिङको थाक्रेस्थित जंगलमा युवकको शव जलेको अवस्थामा फेला

धादिङको थाक्रेस्थित जंगलमा युवकको शव जलेको अवस्थामा फेला

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ स्थित जंगलमा एक युवकको शव जलेको अबस्थामा भेटिएको छ । 

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ घलेगाउँको गणेशथान नजिकैको जंगलमा युवकको शव जलेको अबस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।  

गत मङ्सिर २४ गते साँझबाट हराएका शरण कार्की र सरस्वति कार्कीका २१ बर्षीय छोरा सन्तोष कार्कीको शव भेटिएको हो ।

युवकको शव भेटिएपछि अन्य कसैले जलाएको हो या कसरी यस्तो घटना भयो भन्नेबारे अनुसन्धान जारी रहेको गजुरी प्रहरीले जनाएको छ । तर, शव जलेको नभई मृत भेटिएको जानकारी धादिङ प्रहरीको सञ्चार शाखाले दिएको छ ।

छोराको कसैसंग पनि दुश्मनी नरहेको मृतकका बुवा शरण कार्कीले बताएका छन । शवलाई पोस्टमार्टमका लागि अस्पताल लागिएको छ।    .

 

धादिङ युवकको शव

विशेष