विदेश

कजाकस्तानमा १०० यात्रु बोकेको विमान दुर्घटना

कजाकस्तानमा १०० यात्रु बोकेको विमान दुर्घटना

कजाकस्तानः कजाकस्तानमा १ सय यात्रु बोकेको एउटा बिमान शुक्रबार बिहान दुर्घटनामा परेको छ । बेक एयरको सो बिमान दुर्घटनामा परेको हो । अल्माटी बिमानस्थलबाट उड्नासाथै सो बिमान दुर्घटनामा परेको हो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । 
 
इमर्जेन्सी सर्भिस पर्सनलहरु त्यहाँ तत्काल पुगेका छन् । ७ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । स्थानीय समय अनुसार बिहान ७ः२२ बजे सो बिमानले उचाइ गुमाएको थियो ।

बिमान दुई तले भवनमा झरेको थियो । फुटेजमा उद्धारको कार्य भइरहेको देखाइएको छ । एक जना महिलाले एम्बुलेन्स भन्दै कराइरहेको सुनिएको छ ।

सो बिमान कजाकस्तानको सबैभन्दा ठूलो शहर अल्माटीबाट राजधानी नुर्सुल्तानतर्फ जान लागेको थियो । अल्माटी बिमानस्थलले बिमानमा ९५ यात्रु र ५ क्रु मेम्बर रहेको जनाएको छ ।  

विमान दुर्घटना कजाकस्तान

विशेष