तारकेश्वरमा टिपर दुर्घटना २ जनाको मृत्यु

काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित जितपुरको कोट गाउँमा टिपर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टिपर चालक माइला तामाङ र सह चालक कमल तामाङ रहेका छन् ।
शुक्रबार काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको ना २ क ३३८ नम्बरको टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
टिपरले ‘क्लिन नेपाल’ नामक कम्पनीको फोहोर ढुवानी गर्दै आएको थियो । महानगरीय प्रहरी वृत बालाजुका प्रमुख रन्जित सिंह राठौरले टिपर तीव्र गतिमा रहेको र सडकबाट ५० मिटर तल आलुबारीमा खसेको जानकारी दिए ।
ट्रिपर दुर्घटना