बढ्दो इशाईकरणले देश विखंडनतिर धकेलिन्छ: अध्यक्ष पटेल
गौर। हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेपालमा बढ्दै गएको इशाईकरणबाट मुलुक विखंडनतर्फ धकेलिन सक्ने बताएका छन । अध्यक्ष पटेलले विदेशी मुलुकको इशारामा भईरहेको धर्म परिवर्तनको कार्य चिंताजनक रहेकोले यसलाई नियंत्रण गर्नुपर्ने धारणा राखे ।
'राष्ट्रीयता , समृद्धि , विकाश ,एकता , पहिचान सहित शासन व्यवस्था जे होस , नेपाल हिन्दू राष्ट्र हुनुपर्छ' भन्ने मूल नाराका साथ विहिवार रौतहटको सदरमुकाम गौर स्थित रिपोर्टर्स क्लबको सभाहलमा भएको जन जागरण सभामा सम्वोधन गर्दै नेपालमा सनातन धर्मको रक्षा एवं हिन्दू धर्मको स्थापनाको निमित्त हिन्दू परिषद् नेपालको स्थापना गरिएको बताए ।
अध्यक्ष पटेलले आर्थिक प्रलोभनमा परी हिन्दू धर्मका व्यक्तिहरुले हिन्दू धर्म समाप्त गर्न सडयंत्र गरी रहेकोले हिन्दू धर्मालम्वीहरुलाइ एक ठाउमा आउनुको विकल्प नरहेको जिकिर गरे। गाउ गाउमा क्रिश्चियन धर्मको प्रचार गर्नेलाइ लखेट्नु पर्ने भन्दै हिन्दू धर्मको रक्षाको लागि नेपाल हिन्दू राष्ट्र घोषणा हुनुपर्ने माग गरे ।
कार्यक्रममा रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष अभिमन्यु पटेल , समाजसेवी नविन कुमार सिंह , संचारकर्मी राकेश यादव , सत्येंद्र प्रताप सिंह , देव बचत तथा सहकारी सस्था लिमिटेडका अध्यक्ष लालविहारी साह , राष्ट्रिय चिंतन परिवारका अशोक कुमार सिंह राजपूत लगायतका उपस्थति रहेको थियो ।