डायलासिसका लागि प्रधानमन्त्री ओली अस्पतालमा
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली डायलासिसका लागि शुक्रबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।
उनका अनुसार प्रधानमन्त्री ओली केहीबेरमै बालुवाटार फर्कने छन् । प्रधानमन्त्री अस्पतालबाट फर्केपछि साँझ ५ बजेदेखि मन्त्रिपरिषद्को बैठक बस्ने पनि सल्लाहकार थापाले जानकारी दिए ।