News

'देउवाले पार्टीलाई धरापमा पार्न खोजे'

'देउवाले पार्टीलाई धरापमा पार्न खोजे'

काठमाडौं - नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पार्न खोजेकाे आराेप लगाएकाे छ। उक्त समूहले पत्रकार सम्मेलन गरी केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा गरेको निर्णयहरु सच्याउन माग समेत गरेको छ ।

पौडेल र कृष्णप्रसाद सिटौला समूह समूहको बहिस्कारका बीच शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यकाल एक वर्ष थप्ने, २०७७ फागनु ७(१० सम्म १४औं महापधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट पौडेल समूहको बैठकले गलत मनसायका साथ निर्णय भएको ठहर गरेको छ ।

बैठकपछि वरिष्ठ नेता पौडेलले भने, ‘गलत मनसायबाट भएको छ, विधानको मर्म विपरित छ, पार्टीको परम्परा विपरित छ । त्यो सच्याइनुपर्छ ।’विधानका महत्वपूर्ण धाराहरु निलम्बन गरिएको भन्दै उनले यो षड्यन्त्र त होइन भन्ने प्रश्न गरे ।

२०७७ फागुनमा महाधिवेशन गर्ने निर्णयमा पनि पौडेल समूहले असहमति जनाएको छ । थपिएको म्यादको पनि अन्तिम समयमा महाधिवेशन गर्ने निर्णय गरेर सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पर्न खोजिएको पौडेलको आरोप छ ।

विशेष