सिद्धबाबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति
बिराटनगर – सिद्धबाबा भनिने कृष्ण गिरीलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका गिरीलाई अनुसन्धान गर्न जिल्ला अदालत, सुनसरीले अनुमति दिएको छ ।
म्याद थप गरिएपछि उनलाई उपचारका लागि भन्दै विराट नर्सिङ होमतर्फ लगिएको बताइएको छ ।प्रहरीले उनलाई पक्राउ गर्न शुक्रबारै अनुमति प्राप्त गरे पनि आइतबार मात्रै गिरीसम्म प्रहरी पुगेको थियो । तर, विरामी भन्दै आईसीयूमा भर्ना भएपछि प्रहरी खाली हात फर्किएको थियो । सोमबार बिहानै ४ बजे उनलाई पक्राउ गरेर हिरासतमा राखिएको थियो ।