अमेरिकामा हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सीः अमेरिकाको हवाई राज्यमा हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । शुक्रबार हवाई राज्यको नपाली समुन्द्री तटमा भ्रमणका लागि गएको हेलिकोप्टर हावाहुरीका कारण दुर्घटनामा परेको थियो।
हावाहुरी चलेपछि हेलिकोप्टर अवतरण गर्ने प्रयास भएको थियो । अवतरणकै क्रममा हेलिकोप्टर दुर्घटनामा परेको जनाइएको छ । (फाइल फोटो)
हेलिकोप्टर दुर्घटना