News

मिडियामा समाचार भाइरल भएपछि रामकृष्ण ढकाल रुष्ट, पत्रकारलाई दिए यस्तो चेतावनी

मिडियामा समाचार भाइरल भएपछि रामकृष्ण ढकाल रुष्ट, पत्रकारलाई दिए यस्तो चेतावनी

काठमाडौँ । गायक रामकृष्ण ढकालले आफ्नो पारिवारिक कुराहरुलाई मिडियाले उचालेको भन्दै आक्रोश प्रकट गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक ढकालले मिडियाले अनावश्यक कुरालाई उचालेर भए नभएको टिप्पणी गरेको प्रति आक्रोश प्रकट गरेका हुन् ।

उनले लेखेका छन्–‘ नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसंशक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।’

उनले भनेका छन्, –‘विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रतिको न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।’

विशेष