कालापानी जान हिँडेको खलंगा पुगेपछि नसकेर काठमाडौँ फर्किएँ : फणिन्द्र नेपाल (भिडियोसहित) 

कालापानी जान हिँडेको खलंगा पुगेपछि नसकेर काठमाडौँ फर्किएँ : फणिन्द्र नेपाल (भिडियोसहित) 

काठमाडौँ । ‘तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठका पालामा क्याबिनेटले गरेका हरेक कुरा भारतीय दुतावास पुग्थ्यो । श्रेष्ठले दरबारमा तत्कालीन राजा वीरेन्द्रलाई यो कुरा जाहेर गरे । राजाले यो यो व्यक्ति हटाएर वा तीनलाई अन्यत्रै पठाएर क्याबिनेट मिटिङ गर्न भने । मरिचमानले ३ जना मात्र मन्त्री राखेर निर्णय गरे । निर्णय भारतीय दुतावासले थाहा पाईहाल्यो ।

यसले के देखाउँछ भनेर भारत आश्रित छ नेपाल । ’ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालको भनाइ हो यो । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालसहितको टोली कालापानी लिम्पियाधुरा पुग्ने अभियानसहित हिँडेको भएपनि बीच बाटोबाटै फर्किएको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चासँगै ६० बढी युवा महेन्द्रनगर जाने भनिएकोमा अन्तिममा एक जनामात्र जान तयार भए । खलंगा पुगेपछि टोलीमा भेटिएका युवा लाखपाखा लागे भने जाने टोली तितरवितर भयो । अन्ततः फणिन्द्र नेपालले कालापानी पुग्ने भनिएको टोलीका नेपाल एक्लै काठमाडौँ फर्किए ।

त्यहाँ देखिएको व्यवधानबारे नेपालले भिडियोमार्फत विस्तृतमा उल्लेख गरेका छन् । उनका अनुसार संसदीय समितिले निर्णय गरेकाले अब नापी विभागले कालापानी, लिम्पियाधुरा, लिपुलेकसमेतलाई समेटेर नक्सा सार्वजनिक गर्न भनेकाले अब नक्सा सार्वजनिक गर्नुपर्छ यसो गर्दा भारतसँगको एक युद्ध जितिन्छ ।

भारतसँगको सीमा विवादबारे उनले विस्तृतमा खुलाएका छन् । उनका अनुसार कर्मचारीदेखि राजनीति सर्वत्र भारतीय प्रभाव छ । हेरौँ उनीसँगको कुराकानीको विस्तृत भिडियो :  

संम्बधित खबर

विशेष