फिलिपिन्सको आँधीमा मृत्यु हुनेको संख्या ४१ पुग्यो
एजेन्सी । फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिनदेखि आएको आँधीका कारण आइतबारसम्म ४१ जनाको मृत्यु भएको हो । हजारौँ व्यक्ति अझै पनि शरणार्थी स्थलमा रहेका जनाइएको छ ।
राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका प्रवक्ता मार्क तिम्बलले आँधीका कारण अझै पनि १२ जना हराईरहेको र उनीहरुको खोजी भइरहेको जानकारी दिए । प्रतिघण्टा १ सय ९५ किलोमिटरको गतिमा आँधी आएको थियो ।
आँधीपछि फिलिपिन्समा विद्युत सेवा, मोबाइल फोन र इन्टरनेटको नेटवर्क अवरुद्ध भएको थियो । कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।