नक्कली भूकम्प पीडितद्वारा १० करोड रुपैयाँ फिर्ता

काठमाडौंः झुटा विवरण पेस गरेर रकम बुझ्ने नक्कली भूकम्प पीडितले रकम फिर्ता गर्न थालेका छन् । अहिलेसम्म १० करोड ३ लाख ५० हजार रुपैयाँ फिर्ता भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ ।
एक हजार ८५५ जनाले रकम फिर्ता गरेको एकाइको तथ्यांक रहेको छ । ‘रकम फिर्ता गर्ने क्रम जारी छ,’ आयोजनाका इन्जिनियर सम्रक कर्मचार्यले भने, ‘फिर्ता गर्नेको संख्या अझै बढ्छ।’ यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
भूकम्प पीडित रकम झुटा विवरण