कालीगण्डकीमा ‘क्रुज सिप’ सञ्चालन, १० मिनेटमै मिर्मी–सेतीवेणी 

कालीगण्डकीमा ‘क्रुज सिप’ सञ्चालन, १० मिनेटमै मिर्मी–सेतीवेणी 

पोखराः नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि कालीगण्डकी नदीमा ‘क्रुज सिप’ सञ्चालन गरिएको छ । पर्वत, गुल्मी र स्याङजाको संगम स्थलमा कालिगण्डकी जलविद्युत् आयोजनाका क्रममा बनेको जलाशयमा क्रुज सिप सञ्चालनमा ल्याइएको हो ।

यस जलयात्राको लम्बाई ७ कि.मि. रहेको छ । २५ लाखको लागतमा ईटहरीमा निर्माण गरिएको क्रुज सिप (माउण्ट मकालु पानीजहाज) शालिग्राम कालीगण्डकी जलयातायात (पानी जहाज) कम्पनी प्रा.लि.ले सञ्चालनमा ल्याएको हो ।

क्रुज सिपको शनिवार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मन्त्री लम्सालले नेपालमा जल पर्यटनबाट आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्न सकिने बताए भ्रमणवर्ष २०२० लक्षित गरी सञ्चालनमा ल्याइएको क्रुजसिपले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । 

कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले पर्यटकी प्रचुर सम्भावना भएर पनि यस क्षेत्र सधै ओझेलमा परेको बताउँदै कालिगण्डकी जलशायमा जलयात्रा सँगै अन्य पर्यटकिय गतिविधिहरु बढाउने योजनामा आफूहरु रहेको बताए । 

पर्वतको विहादी गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका,कालिगण्डकी गाउँपालिकामा पर्ने यस क्षेत्रमा तीन तह मिलेर पर्यटकीय योजना बनाई अगाडि बढ्ने बताए । कालिगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मीबाट सुरु भएको जलयात्रा विश्व प्रख्यात तथा प्रसिद्ध पर्यटकीय स्थल शिला शालिग्राम भएको स्थान सेतीवेणीसम्म पुगिन्छ ।
 

कालीगण्डकी नदी क्रुज सिप कालिगण्डकी जलविद्युत् आयोजना नेपाल भ्रमण बर्ष

संम्बधित खबर

विशेष