News

यातायात मन्त्री नेम्बाङद्धारा कलंकी–नागढुंगा सडकको अनुगमन

यातायात मन्त्री नेम्बाङद्धारा कलंकी–नागढुंगा सडकको अनुगमन

काठमाडौंः भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले शनिबार कलङ्की–नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । मन्त्री भएलगतै उपत्यकाको सडकमा रहेका खाल्टाखुल्टी पुर्न विशेष चासो देखाएका मन्त्री नेम्बाङले नियमित विभिन्न सडकहरुको अनुगमन गर्दै आएका छन् । 

नागढुंगा सडक खण्डमा रहेका खाल्टाखुल्टीका कारण सवारी आवतजावतमा असहज हुनका साथै जाम हुने समस्यालाई मध्यनजर गर्दै अनुगमन निस्किएका हुन् । अनुगमनमा काठमाण्डौ क्षेत्र नं. ९ का सांसद कृष्ण गोपाल श्रेष्ठ, प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया समेत सहभागी रहेका थिए । 

स्थलगत अनुगमनपछि मन्त्री नेम्बाङले काठमाडौं सडक डिभिजन कार्यलयका इन्जिनियहरु र सडक विस्तार आयोजनाका प्रमुखलाई त्यस क्षेत्रमा रहेका खाल्टाखुल्टी तत्काल पुर्न निर्देनशन दिए । मन्त्री नेम्बाङको सक्रियतामा चावहिल गौशला सडक खण्ड बाहेक चक्रपथ भित्रका अधिकांश खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएको छ । चावहिल गौशला सडक खण्ड मर्मत भन्दा पनि पुरै निर्माण गर्नु पर्ने भएकाले त्यसका लागि पनि ठेक्का सम्झौता भइसकेका छन् । ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

अनुगमन बसन्तकुमार नेम्बाङ कलङ्की–नागढुंगा सडक

विशेष