चिनियाँ लगानीको होङसी सिमेन्ट गुणस्तरहीन भेटिएपछि कारबाहीको तयारी
काठमाडौं –चिनियाँ संयुक्त लगानीको होङसी सिमेन्ट गुणस्तरहीन फेला परेको छ। होङसी सिमेन्टसहित अन्य दुई स्थानीय सिमेन्ट गुणस्तरहीन भएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । गुणस्तरहीन उत्पादन गरेको उद्योगलाई विभागले १५ दिनको स्पष्टीकरण समेत सोधेको छ ।
विभागले सिमेन्टको नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा गुणस्तर अनुरुप नपाएपछि कार्वाहीको तयारी स्वरुप १५ दिने स्पष्टीकरण सोधिएको हो ।
होङसीमा इनिसियल सेटिङ आधा घण्टामा हुनुपर्नेमा नरहेको परीक्षणमा पाइएको छ । विभागले यो उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिह्न नियमावली २०४० अनुसार कार्वाही गरिने जनाएको छ । आफूलाई प्रबिधिसम्पन्न दाबी गर्ने होङसी सिमेन्ट यसअघि गुणस्तर बिभागबाट परीक्षण हुँदा समेत कमसल सिमेन्ट उत्पादन गरेको भन्दै पटक पटक कारबाहीमा पर्दै आएको छ ।
उल्लेखित समाचार पब्लिक न्युज एजेन्सी डट कम (publicnewsagency.com) बाट साभार गरिएको हो । यहाँले पनि पब्लिक न्युज एजेन्सीबाट समाचार साभार गरी निःशुल्क रुपमा प्रयोग गर्न सक्नुहुनेछ ।