News

काठमाडौँका ३८ प्रतिशत सवारी प्रदूषण परीक्षणमा फेल

काठमाडौँका ३८ प्रतिशत सवारी प्रदूषण परीक्षणमा फेल

काठमाडौँ । काठमाडौंमा ३८ प्रतिशत सवारीसाधन प्रदुषण जाँच गर्दा  फेल भएका छन् । सवारी फिटनेस परीक्षण केन्द्र टेकूले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा विभिन्न प्रकारका करीब ३८ प्रतिशत सवारी प्रदुषण परीक्षणमा फेल भएको पाइएको छ ।

केन्द्रका अनुसार चालू आवको पहिलो ५ महीनामा ५ हजार ५०० सवारीको प्रदूषण जाँच गरिएकोमा २ हजार भन्दा बढी सवारी जाँच गर्दा फेल भएका हुन् । प्रदूषण जाँच गर्दा फेल भएकामा पेट्रोल भन्दा डिजेलबाट चल्ने सवारीसाधन बढी छन् ।

केन्द्रका प्राविधिक इन्जिनीयर लालबाबु यादवले केन्द्रमा औषतमा दैनिक ८० ओटा सवारी जाँचका लागि आउने गरेका छन्, जसमा ३० भन्दा बढी सवारी जाँचपासमा फेल हुन्छन् ।  केन्द्रमा २/ २ ओटा डिजेल र पेट्रोलका सवारीको प्रदूषण जाँच्ने ‘उत्सहर्जन जाँचयन्त्र’ छन् । यो समाचार आर्थिक अभियान दैनिकमा काशिराम बजगाईंले लेखेका छन।  

 

सवारी प्रदुषण परिक्षण

विशेष