News

चिसोले इन्जिन नतातेपछि आगो बालेरै गाडी स्टार्ट !

चिसोले इन्जिन नतातेपछि आगो बालेरै गाडी स्टार्ट !

जुम्ला।  अत्याधिक चिसो बढेसंगै जुम्लाको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोका कारण नदीबाहेक सानातिना खोलामा समेत पानी जमेर बग्न छाडेको छ।

यहाँको तापक्रम घटेर राति माइनस १३ डिग्री सेल्सीयस र बिहान माइसन ७.२ डिग्री सेल्सियससम्म पुगेको हावापानी तथा फिल्ड कार्यालय जुम्लाले जनाएको छ। आजको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री सेल्सियस छ। भने दिउँसो माइनस छ डिग्री सेल्सियस मापन भएको जनाएको छ।  अघिल्ला वर्षहरुमा पुस लागिसकेपछि मात्र तापक्रम माइनसमा जान्थ्यो, यो वर्ष मंसिरको अन्तिमबाट नै तापक्रम माइनसमा झरेको हावापानी फिल्ड कार्यालयकी कर्मचारी गंगा हमाल बताउँछिन्।

चिसोले बिहानका गाडी सेवा पनि प्रभावित बनेका छन्। हरेक दिन बिहान छुट्ने गाडीको इन्जिन चिसोले नचल्ने भएको सुर्खेत बुलबुलेका जीप यातायात व्यावसायी समिति जुम्ला काउन्टरका स्टाफ जितेन्द्र रावलले बताउँछन्। चिसो बढेकोले बिहान गाडी स्टार्ट नै हुँदैनन्। सात आठ जनाले गाडी धकेलेर स्टार्ट गर्छौं, यति गर्दा पनि स्टार्ट नभएमा आगो बालेर इन्जिन तताउछौँ, उनले भने,‘ बाटोमा धेरै ठाउँमा बरफ जमेको छ। गाडी चिप्लिएर हैरान छन्। दुर्घटना हुन सक्ने खतरा बढेको छ।’

 

चिसो जुम्ला

विशेष