विदेश

क्यान्सरपीडित विजेपी सांसद भेट्न अस्पताल अभिनेत्री मनिषा कोइराला

क्यान्सरपीडित विजेपी सांसद भेट्न अस्पताल अभिनेत्री मनिषा कोइराला

काठमाडौंः अभिनेत्री मनिषा कोइरालाले क्यान्सर पीडित भारतीय राज्यसभा सांसद अनिल बलुनीलाई भेटेकी छन् । क्यान्सर रोगलेपीडित उनी गत तीन महिनादेखि  मुम्बईको एक निजी अस्पताल उपचाररत छन् ।

अनिललाई भेट्न पुगेकी कोइरालासँग भेट भएपछि सांसद बलुनीले फोटो सार्वजिनक गर्दै भनेका छन्, ‘आज अभिनेत्री कोइराला अस्पताल आएर मलाई भेटेकी छन्, म ज्यादै खुसी छु कि क्यान्सरविरुद्ध लड्न मेरो मनोबल बढेको छ ।  

कोइराला आफै पनि क्यान्सर पीडित हुन् । उनले क्यान्सरलाई पराजित गरेकी छन् । यसअघि बलुनिलाई भेट्न भारतीय क्रिकेटर युवराज सिंह पनि अस्पताल पुगेका थिए ।  

मनिषा कोइराला अनिल बलुनी क्यान्सर पीडित

विशेष