विदेश

टेक्सासको चर्चमा अन्धाधुन्ध गोली चल्यो, २ जनाको मृत्यु

टेक्सासको चर्चमा अन्धाधुन्ध गोली चल्यो, २ जनाको मृत्यु

काठमाडौँ। अमेरिकाको टेक्सास राज्यमा रहेको एक चर्चमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ।

ह्वाइट सेटलमेन्टको चर्च अफ क्रिस्टमा आइतबार बिहान प्रार्थना भइरहेका बेला एक बन्धुकधारीले गोली चलाएका थिए। दुई जनालाई उनले चलाएको गोली लागेपछि चर्चका अधिकारीहरूले उनैलाई गोली हानेका थिए।

गोली लागेका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको थियो। तीमध्ये आक्रमणकारी र उनले गोली हानेका एक जनाको बाटैमा मृत्यु भयो भने एक घाइतेको उपचार भइरहेको छ।

टेक्सासका गभर्नर ग्रेग अबोटले विज्ञप्ति जारी गरेर प्रार्थना गर्ने स्थान पवित्र हुने माध्यम भएको उल्लेख गर्दै तत्काल आक्रमणकारीलाई रोकेर अरू क्षति हुन जोगाएकोमा चर्चका अधिकारीहरूलाई धन्यवाद दिएका छन्।

टेक्ससमा गत अगष्टमा भएको गोलीकाण्डमा ७ जनाको मृत्यु भएको थियो भने सन् २०१७ मा एक चर्चमा भएको गोली प्रहारमा २६ जनाको ज्यान गएको थियो ।

-एजेन्सी 

चर्च गोली प्रहार

विशेष