News

स्वप्नशास्त्र: आफै मरेको सपनाले गर्छ यस्तो संकेत

स्वप्नशास्त्र: आफै मरेको सपनाले गर्छ यस्तो संकेत

सपना देख्नु एक सामान्य प्रक्रिया हो, यो सबैमा हुन्छ । स्वप्नशास्त्रका अनुसार सपनाले कुनै पनि मानिसको भविष्यमा हुन सक्ने घटनाको बारेमा संकेत गर्दछ । 

हरेक सपनापिच्छेको अर्थ र मतलब पनि फरक फरक हुन्छ चाहे त्यो शुभ होस् या अशुभ । यसै सन्दर्भमा आज हामी स्वस्पशास्त्रका अनुसार कस्तो सपनाले शुभ संकेत दिन्छ भन्नेबारे बताउन जादैछौं, आउनुहोस 

गुलाब  देख्नु 

 सपनामा गुलाब देख्नुलाई  शुभ  मानिन्छ ।  यदि कुनै व्यक्तिले सपनामा गुलाब देख्छ भने उसको लामो समयदेखि रोकिएर रहेको काम पुरा हुने, धन पैसा प्राप्त हुने जस्ता कुराको संकेत गर्दछ।   

सुगा देख्नु 

सपनामा सुगा देख्नाले आर्थिक लाभ हुने तथा, जीवनमा प्रगति हुने संकेत गर्दछ।  

तारा देख्नु 

सपनामा तारा देख्नुलाई पनि शुभ मानिन्छ।  यसले पारिवारिक सुख,समृद्धि र व्यापार व्यवसायमा लाभ हुने अर्थ दिन्छ।  

आफै मरेको देख्नु 

स्वप्नशास्त्रका अनुसार सपनामा आफै मरेको सपना देखियो भने मान सम्मान प्राप्त हुने तथा धन आर्जन हुने जस्ता कुराको संकेत गर्दछ।  

माउसुली देख्नु 

सपनामा माउसुली देख्नु पनि धन प्राप्तिको शुभ संकेत हो।  

स्वप्नशास्त्र

विशेष