News

चाबहिलबाट कस्तुरीको बिनासहित एक जना पक्राउ

चाबहिलबाट कस्तुरीको बिनासहित एक जना पक्राउ

काठमाडौंः प्रहरीले कस्तुरीको बिनासहित काठमाडौँको चाबहिल गणेशस्थानबाट एक जनालाई पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुनसरीको रामधुनी–७ का ३८ वर्षे श्याम भट्टराई रहेको प्रहरीले जानकारी दिएको छ । उनको साथबाट ६ वटा डल्ला बनाइ प्याक गरिएको कस्तुरीको बिना बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद भएको बस्तु बिना रहे नरहेको बारे पुष्टि गर्न परीक्षण भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका भट्टराईलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । 

पक्राउ कस्तुरीको बिना चाबहिल

विशेष