News

ट्र्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

मोरङः रंगेली–विराटनगर सडक खण्डअन्तरर्गत धनपालथान गाउँपालिका–३ को कर्सिया बजारमा ट्र्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

आइतबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको  को ३८ प १७७ नम्बरको स्कुटरलाई पूर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सुनसरीको दुहबी नगरपालिका २ का १८ वर्षीय रुपेश चौधरी गम्भीर घाइते भएका थिए । 

गम्भीर घाइते चौधरीको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो । स्कुटरमा सवार त्यही ठाउँका चन्द्रप्रसाद चौधरीको उपचार भइरहेको छ ।

ट्र्याक्टर र चालक  प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० लेखनाथ दाहालले जानकारी दिए । 

मोरङ स्कुटर चालक रंगेली–विराटनगर सडक खण्ड

विशेष