विदेश

चिसोले भारतमा २ दिनमा ९० भन्दा बढीको मृत्यु

चिसोले भारतमा २ दिनमा ९० भन्दा बढीको मृत्यु

एजेन्सी ।  चिसोका कारण भारतका तीन राज्यमा २ दिनमा अवधिमा ९० भन्दा बढीको मृत्यु भएको छ ।  चिसोले गर्दा भारतका तीन राज्य उत्तर प्रदेशमा ५०, बिहारमा ३६ र झारखण्डमा ६ जनाको ज्यान गएको हो ।

उत्तर–पश्चिम बग्ने हावाका कारण उत्तर प्रदेश, हरियाणा, पञ्जाब, राजस्थानमा लगायतमा आगामी शुक्रबारसम्म हल्का बर्षा हुने र बिहीबारदेखि हिउँ पर्न थाल्ने अनुमान गरिएको छ ।

नयाँ दिल्ली, पञ्जाब, हरियाणा, उत्तरी मध्य प्रदेश, उत्तरी राजस्थान, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल, असामलगायतमा अवागमनसमेत प्रभावित हुने खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूलले जनाएका छन् ।

चिसो मृत्यु भारत

विशेष