निश्मा श्रेष्ठले जितिन् ‘मिस रतुवामाई–२०१९’ को उपाधि
काठमाडौंः मिस रतुवामाई २०१९ को पहिलो उपाधि निश्मा श्रेष्ठले जितेकी छिन् । फाइनल प्रवेश गरेका आफ्ना १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले पहिलो मिस रतुवामाई २०१९ को उपाधि जितेकी हुन् । उनलाई मिस उर्लाबारी विजेता रूसाली केसीले ताज लगाई दिएकि थिइन् भने कार्यक्रम संयोजक अनिश कार्की र नगरप्रमुख रविन राईले पुरस्कारको चेक हस्तान्तरण गरेका थिए।
उपाधिसँगै श्रेष्ठले नगद ५० हजार, आइजोन इन्टरनेटको तर्फबाट एक वर्षका लागि निशुल्क इन्टरनेट र पोखरा भ्रमण गर्ने मौका पाएकी छिन् । त्यस्तै पहिलो रनरअप रेश्मा श्रेष्ठ भइन्। उनले नगद रू ३० हजार प्राप्त गरेकी छिन् । त्यस्तै प्रतियोगितामा दोस्रो रनरअप रेसु कालिकोटेले रू २० हजार प्राप्त गरिन्।
प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो । मिस अनुशासित रेसु कालिकोटे, मिस पब्लिक च्वाइस रेश्मा श्रेष्ठ , मिस क्याटवाल्क दुर्गा बस्नेत , मिस ट्यालेन्ट सुनिता थापा , मिस प्रसनालिटी निश्मा श्रेष्ठले जितेका थिए। नविन लुइटेल, डा. सन्दिप अधिकारी, नविन श्रेष्ठ, सायरा राई, सृजना क्षेत्री र ज्ञानेन्द्र सुनुवार प्रतियोगिताको फाइनलमा निर्णायक थिए।
सेन्ट्रल फेसन हब उर्लाबारीको व्यवस्थापन र आयोजनामा कार्तिक २३ बाट सुरु भएको प्रतियोगिताको फाइनल, प्रतियोगिताको मुख्य प्रायोजक समेत रहेको राष्ट्रनिर्माण सेकेण्डरी बार्डिङ्ग स्कुल र रतुवामाई नगरपालिकाका मेयर, उपमेयर, विभिन्न वडाका वडाध्यक्षहरू, सामाजिक व्यक्तित्व, पत्रकार, संघ सस्थाका प्रतिनीधिहरू थिए। आफूले सोचेको भन्दा सफलतापूर्ण कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक अनिश कार्कीले बताए ।
प्रतियोगिताको सम्पूर्ण पोशाक डिजाइन सेन्ट्रल फेसन हब उर्लाबारीका बिद्यार्थी प्रमिला खत्री, लिजा श्रेष्ठ, अन्जना तामांग, आश्मा धिमाल, सावित्रा अधिकारी र सोमश्री घोसले गरेका थिए ।
मिस रतुवामाई निश्मा श्रेष्ठ