जनवरी १ देखि टेलिकमको जीएसएम/सीडीएमए प्रिपेड सिमकार्डमा नयाँ सुविधा
काठमाडौ । नेपाल टेलिकमले बिक्रीवितरण गर्दै आएको नयाँ जीएसएम/सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ ।
आगामी २०७६ पुस १६ अर्थात २०२० जनवरी १ (अंग्रेजी नयाँ वर्ष) देखि ब्यालेन्स तथा थप सुविधासहित उपलब्ध हुने टेलिकमले जनाएको छ । नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सको रुपमा उपलब्ध हुनेछ भने ४० मिनेट टक टाइम, ६० एमबी डाटा र २० वटा एसएमएस पठाउन सकिने छ ।
सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस वा डाटा पनि चलाउन सकिने छ । त्यस्तै ४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिना भित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने जनाईएको छ ।
सिमकार्ड खरिद गरी एक्टिभ नगरेका ग्राहकहरुले पनि २०७६ पुस १५ गतेसम्म सिम एक्टिभेट गरि पुरानो व्यवस्था अनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त गर्न सक्नेछन । तर ,पुस १६ गते वा सो भन्दा पछि एक्टिभेट गरेमा नयाँ व्यवस्था अनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त गर्न सकिनेछ ।
नयाँ प्रिपेड सिमकार्डमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध भए पनि यसको मूल्य भने परिवर्तन गरिएको
छैन । ९० रुपैयाँमै सिमकार्ड पाईने भएपछी नेपाल टेलिकमका ग्राहकहरु अझ बढी लाभान्वित हुन सक्ने कम्पनीको विश्वास छ ।
नेपाल टेलिकम नया सुबिधा