News

बलात्कार आरोपित सिद्धबाबालाई धरौटीमा छाड्न आदेश

बलात्कार आरोपित सिद्धबाबालाई धरौटीमा छाड्न आदेश

अनुयायी बलात्कारको मुद्दा खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उर्फ कृष्णदासको मुद्दामा थुनछेक बहस सकिएको छ । बहस सकिएपछि जिल्ला अदालत सुनसरीले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

उनीमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ । र, मंसिर १६ गते पक्राउ परेका थिए । उनले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिवादी गिरीका तर्फबाट आज अधिवक्ता मोहन कोइराला र रूपेश कोइरालाले थुनछेक बहस गरेका थिए । हिजोबाट सुरू भएको थुनछेक बहस नसकिएपछि कार्यालय समाप्तीसँगै आजसम्मै लम्बिएको थियो । आज पनि गिरीलाई विराट नर्सिङ होमबाटै एम्बुलेन्समा राखी सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

विशेष