News

'अतिरिक्त शुल्क फिर्ता गर्न प्रधानमन्त्रीले निर्देशन दिनुपर्छ'

'अतिरिक्त शुल्क फिर्ता गर्न प्रधानमन्त्रीले निर्देशन दिनुपर्छ'

काठमाडाैँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकी राष्ट्रिय सभा सांसद कोमल वलीले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजले शुल्क फिर्ता दिनुपर्ने बताएकी छिन्।

सोमबार राष्ट्रिय सभामा बोल्दै वलीले प्रधानमन्त्री केपीशर्मा ओलीले नै मेडिकल कलेज सञ्चालकलाई अतिरिक्त शुल्क फिर्ता गर्न निर्देशन दिनुपर्ने बताइन्।

‘चिकित्सा शिक्षा आयोगको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ। मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ताका लागि पनि उहाँले नै निर्देशन दिनुपर्छ,’ उनले भनिन्।

मेडिकल कलेज सञ्चालकहरूले अतिरिक्त शुल्क फिर्ता गर्ने प्रतिवद्धता जनाए पनि अहिलेसम्म विद्यार्थीले पैसा पाएका छैनन्। ‘विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता पाएका छैनन्। उनीहरू पुनः आन्दोलनको तयारीमा छन्,’ सांसद वलीले भनिन्।

उल्लेखित समाचार पब्लिक न्युज एजेन्सी डट कम (publicnewsagency.com) बाट साभार गरिएको हो । यहाँले पनि पब्लिक न्युज एजेन्सीबाट समाचार साभार गरी निःशुल्क रुपमा प्रयोग गर्न सक्नुहुनेछ ।

विशेष